क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको जमैका तलाबाजले बुधबार सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरे सङै विजयी सुरुवात गरेको छ ।
जमैका तलावाज बाट खेलेका सन्दीपले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए । नजिबुल्लाह जदरान उनको बलमा रोभमान पावेलको हातबाट क्याच आउट भएका थिए ।
तलाबाजले जितका लागि १ सय ५९ रनको लक्ष्य पाएकोमा त्यसलाई ५ विकेट गुमाएर १८ ।५ ओभरमा पूरा गरेको थियो । सन्दीप बाहेक जमैकाका लागि विरास्वामी परमल र मुजिब उर रहमानले २-२ विकेट लिएका थिए।

