काठमाडौं, २४ असार (Sports for Nepal) — राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टन्क लाल घिसिङले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री तथा नुवाकोट तेक्वान्दो संघका सस्थापक एबम प्रमुख प्रशिक्षक हरिहर पाण्डे, पुष्प जोशी लगायत दक्षिण कोरिया जाने अन्य प्रशिक्षकहरुलाई बिदाई गरेका छन ।
बिश्व तेक्वान्दो एकेडेमिको आयोजनामा १२ जुलाई देखी हुन लागेको अन्तर्राष्ट्रिय तेक्वान्दो पुम डान एक्जामिनर कोर्षको लागि पाण्डे लगाएत ९ जना प्रशिक्षकहरु कोरिया प्रस्थान गर्न लागेका हुन्। उनिहरुलाई आजै परराष्ट्र मन्त्री प्रकाश सरण महतले पनि बिदाई गरेका थिए ।
बिश्व तेक्वान्दो संग एसोसियट बिभिन्न राष्ट्रका प्रशिक्षकहरुको सहभागिता रहने उक्त कोर्षमा सहभागी हुन नेपालबाट पाण्डे सहित ८ जना प्रशिक्षकहरु कोरिया जाने छन । कोर्ष ३ दिन सम्म सन्चालन हुनेछ ।
तेक्वान्दोका छैटौ डान प्राप्त प्रशिक्षक पाण्डेलाई यसअघी नुवाकोट तेक्वान्दो संघका सिनियर खेलाडीहरुको उपस्थितिमा एक कार्यक्रमका साथ उनको सफलताको कामना गर्दै बिदाई गरिएको छ ।

