इन्टर प्रिस्कुल स्पोर्टस् – तफिसा २०२४ सुरु


११  फागुन  (Sports for Nepal) — मन्टेश्वरी एशोसियसन नेपालको आयोजनामा दोश्रो इन्टर प्रिस्कुल स्पोर्टस् (एनआइपिएस)– तफिसा २०२४ राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा आजबाट सुरु भएको छ ।

स्पोर्टस्को नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले एक कार्यक्रमविच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे ।

स्पोर्टस्मा मन्टेश्वरी एशोसियसनसंग आवद्ध १७ स्कुलका युकेजी र एलकेजीका गरि ४०० विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

दुईदिने स्पोर्टस्डेको पहिलो दिन एलकेजीका छात्र तथा छात्रा विद्यार्थीहरुको ५० मिटर दौड, बेलुन फुटाउने, कलेक्टिङ्ग बल, पाईलिङ्ग कप, टिटि बल ब्यालेन्सिङ्ग, बल टार्गेटिङ्ग, विन सर्टिङ्गको विधा संचालन गरिएको थियो ।