सन्दीपको जमैका तलाबाज टिम गुएना एमजोन वारियर्स सङ १४ रनले पराजित


क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेको भए पनि उनको जमैका तलाबाज टिम गुएना एमजोन वारियर्स सङ १४ रनले पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको गुएनाले ५ बल खेल्न बाँकी छदा सबै विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । त्यसमा सन्दीपले ४ ओभरमा ८ रन मात्र दिएर दुई विकेट लिए । उनले १८ बल डट फ्याँक्दा कुनै बाउन्ड्री दिएनन्। २ को इकोनोमीमा बलिङ गरेका सन्दीप खेलकै किफायती बलर भए। सन्दीपले यसअघिका दुई खेलमा पनि १-१ विकेट लिएका थिए।

११९ रनको झिनो लक्ष्य पछ्याएको जमैकाले जवाफमा २० ओभरमा ७ विकेट गुमाएर १ सय ४ रन मात्र बनाउन सकेको थियो। दुवै ओपनरहरु शून्यमा आउट हुँदा जमैका सुरुमै दबाबमा परेको थियो।

आन्द्रे रसेसले उत्कृष्ट ब्याटिङ गर्दै ३७ बलमा ४ चौका र ५ छक्का सहित नटआउट ५२ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। यस्तै  कप्तान रोभमन पावेलले २३ र असिफ अलीले १४ रन बनाए । जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

Image sourse: dnaindia.com