अस्ट्रेलियाका प्रशिक्षक जस्टिन लेन्जरले पाकिस्तानका युवा क्रीकेटर हैदर अलीको प्रशंसा गरेका छन । हैदरले उनको अन्तराष्ट्रिय डेब्यु खेलमा इङ्ल्याण्ड बिरुद्ध शानदार अर्धशतक बनाए सङै उनको प्रशंसा गरेका हुन।
१९ बर्षिय हैदर पहिलो पाकिस्तानी ब्याट्सम्यान हुन जसले पहिलो टि-२० अन्तराष्ट्रिय खेलमा अर्धशतक बनाउन सफल भए । म्यानचेस्टरमा मंगलबार भएको खेलमा उनले ५४ रन बनएका थिए।
A thrilling end to an entertaining series!
— England Cricket (@englandcricket) September 2, 2020
Full highlights: https://t.co/m6ax5DMePC pic.twitter.com/QCdADWflmf
ओल्डट्र्याफोर्डमा फखर जमानको विकेट पछि हैदर ब्याटिङमा आए सङै उनको अन्तराष्ट्रिय टि-२० खेलको दोश्रो बलमै अर्थात अफ स्पिनर मोइन अलीको दोस्रो बलमा छक्का प्रहार गरेका थिए ।
"उनले शानदार खेले" लेन्जरले बुधवारको एउटा सम्मेलनमा साउथ्याम्प्टनबाट भने, जहाँ अष्ट्रेलियाले यो हप्ताको अन्तिममा इङ्ल्याण्ड बिरुद्ध आफ्नै तीन म्याच ट्वान्टी २० शृंखला सुरु गर्दछ।

