सन्दीपको जमैका तलाबाज टिम सेमिफाइनलमा


क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको जमैका तलाबाज टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान सम्पन्न भएको खेलमा गुयाना एमेजन वारियर्स द्वारा बार्बाडोस ट्राइडेन्सलाई ६ विकेटले पराजित गरेसँगै जमैका दुई खेल खेल्नुअघि नै सेमिफाइनलमा प्रवेश गरेको हो । बार्बेडोसले दिएको ९० रनको सामान्य लक्ष्य गएनाले १४ ।२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । त्यसैगरी बार्बाडोस र सेन्ट किट्स एण्ड नेभियस प्याटियटस सिपिएलको लिग चरणबाटै बाहिरिका छन् ।

सिपिएलमा यसअघि नै ट्रिनबागो नाइटर इडर्स, गाएना अमेजन वारियर्स र सेन्ट लुसिया जुक्सले सेमिफाइनलमा स्थान पक्का गरिसकेका थिए । अब लिग चरणको खेलपछि शीर्ष चारमा रहेका टोलीमध्ये अंक तालिकामा शीर्ष स्थान र चौथो तथा दोस्रो स्थान र तेस्रो स्थानमा रहेको टोलीबीच सेमिफाइनल खेल हुनेछ । उक्त सेमिफाइनल खेल ८ सेप्टेम्बर र फाइनल खेल सेप्टेम्बर १० मा हुने छ ।

बिहीबार बेलुका भएको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सविरुद्धको खेल रद्द भएपछि जमैकाले १ अंक मा जोडेको हो । प्याट्रिओट्सले ५ ।४ ओभरमा विनाक्षति ४६ रन बनाउँदा वर्षाले प्रभावित भएको खेल फेरि सुरु हुन नसक्दा अंक बाँडिएको थियो ।

आठ खेलमा तिन जित, एक नतिजाविहन र चार हार ब्यहोर्दै जमैकाले सात अंक जोडेको हो।

८ खेलसम्म अपराजित रहँदै १६ अंक जोडेको ट्रिनबागो शीर्ष स्थानमा छ । गुयाना १० खेल मध्य ६ जित र ४ हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । ८ खेलबाट १० अंक जोडेको जुक्स तेस्रो स्थानमा छ। त्यसैगरी जमैका ८ खेलमा ४ हार र ३ जित सहित ७ अंकका साथ चौथो स्थानमा छ भने बार्बाडोस ९ खेलमा २ जित र ७ हार सहित ४ अंकका साथ पाँचौ स्थानमा छ ।